यू–१६ फुटबल: गण्डकीबाट ४५ जना छनौट

पाेखरा | साउन ९, २०८०

यू–१६ फुटबल: गण्डकीबाट ४५ जना छनौट

पोखरा:  यू–१६ राष्ट्रिय फुटबल टोलीका लागि गण्डकी प्रदेशबाट ४५ जना छनौट भएका छन् ।

 

एन्फा गण्डकी प्रदेशका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट मनाङ र पर्वतबाट २÷२ जना, गोरखाबाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना गरी कुल ४५ जना छनौट भएका हुन् ।

 

एन्फा गण्डकीले आइतबार र सोमबार गरी दुई दिन सञ्चालन गरेको छनौट प्रतियोगिताबाट कुल ४५ जना छनौट गरिएको गुरुङले बताए । 

 

छनौट प्रतियोगिताको निर्णायकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ रहेका थिए ।

 

एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङका अनुसार छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

 

गण्डकीबाट छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
 

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटन...

थप पढ्नुहोस्

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्